समृद्द पोइडिट पहुँच
- लेखक: हिम प्रसाद गौतम ।
- डाउनलोड [३.१][1]
परिचय
यो थप- साधनले पोईडिटमा द्रुत कुञ्जीको आदेश द्वारा सम्पादन गरिने कार्यहरूको जानकारी दिन्छ ।
यसले फरक फरक साङ्केतिक आवाज प्रस्तुत गरी अनुवादीत सन्देसहरूको अवस्था पनि जनाउने छ ।
तपाइले निर्दिष्ट आदेश कुञ्जी दबाएर श्रोत एबम् अनुवादीत सन्देसहरू अलग्ग रूपमा पनि जान्न सक्नु हुन्छ ।
अब तपाइले यी सन्देसहरू लाई अलग्गै रुपमा जान्नका लागी TAB र shift+Tab दबाइ रहनु पर्दैन । यसले तपाइलाई छरितो रुपमा आफ्नो अनुवाद कति मिलेको छ भनी जान्न मद्दत गर्ने छ ।
विशेषताहरू
- पोइडिटका द्रुत आदेशहरू परिचालन गर्दा सम्पादीत कार्यको घोषणा ।
- फरक- फरक साङ्केतिक ध्वनी द्वारा सन्देस प्रकृतिको पहिचान ।
- नेत्रवाणीको चालु सत्रका लागि ध्वनी बजाउने अथवा नबजाउने भनि रोज्ने प्रावधान ।
- ध्वनी नबजेको बेला सन्देसको प्रकृति स्वतः जनाउने फरक माध्यमको व्यबस्था ।
- अनुवादीत पाठ मात्र पनि वाचन गराउन सकिने ।
- श्रोत पाठ मात्र पनि वाचन गराउन सकिने ।
- ध्वनीलाई चर्को वा मलिन स्वरमा सुन्न सकिने ।
- अनुवाद नियम उल्लङ्घनको जानकारी दिइने ।
- हाल सम्मको अनुवादको अवस्था थाहा पाउन सकिने ।
- केन्द्रीत् सन्देसको बहु रुप भएमा सो को जानकारी दिइने ।
सन्देसको प्रकृति पहिचान
ध्वनी बज्ने मुद्रामा:
- चर्को स्वरमा टीँ: श्रोतको अनुवाद गरिएको छैन ।
- मध्यम स्वरमा टीँ: अनुवाद कुरूप छ ।
- मलिन स्वरमा टीँ: श्रोत र अनुवादको पाठ उही छ ।
- टीँ गरेन: अनुवाद ठिक ठाक छ ।
ध्वनी नबज्ने मुद्रामा
- सन्देस अगाडि दुई वटा तारा (**) को घोषणा: श्रोतको अनुवाद गरिएको छैन ।
- सन्देस अगाडि एउटा तारा (*) को घोषणा: अनुवाद कुरुप छ ।
- सन्देस अगाडि केही सङ्केत छैन: अनुवाद ठिक ठाक छ ।
ध्वनीको दुबै मुद्रामा
- उच्च स्वरमा टीँ गरेमा: अनुवाद नियमको उल्लङ्घन
कुञ्जी आदेसहरू:
- control+b: श्रोत पाठहरूलाई नक्कल गरी अनुवाद कोठीमा टासि दिन्छ ।
- control+k: अनुवादीत पाठहरू लाई मेटाएर यसको जानकारी दिने छ । अनुवादीत पाठ नभएमा सूचीत गर्ने छ ।
- control+u: अनुवादीत पाठलाइ कुरुप र सामान्य रुपमा साटोफेरो गरी कायम भएको अवस्था जनाउने छ । अनुवादीत पाठ नभएमा सूचीत गर्ने छ ।
- control+s: चालु अनुप्रयोगलाई बचत हुदै गरेको जानकारी दिन्छ ।
- control+shift+a: अग्रभूमीमा छ भने अनुवादकलाई टिप्पणी सञ्झ्याल बारे जानकारी दिन्छ ।
- control+shift+c: अग्रभूमीमा छ भने अनुवादकलाई समिक्षा टिप्पणी सञ्झ्याल बारे जानकारी दिन्छ ।
- control+shift+p: टीँ गर्ने र नगर्ने मुद्रामा साटोफेरो गरी कायम भएको मुद्राको जानकारी दिन्छ ।
- control+shift+r: चयन गरिएको सन्देसबाट श्रोत पाठ मात्र बताउने छ ।
- control+shift+t: चयन गरिएको सन्देसबाट अनुवादीत पाठ मात्र बताउने छ । अनुवादीत पाठ नभएमा सूचीत गर्ने छ ।
- control+shift+v: चर्को वा मलिन स्वरको छनौट
- control+shift+d: अनुवादको वर्तमान अवस्थाको जानकारी
- control+shift+e: त्रुटीपूर्ण अनुवाद हुनाको कारणको जानकारी ।
१.० संस्करणमा भएका प्रावधानहरू:
१.१ संस्करणमा गरिएका परिवर्तनहरू
- चालु सत्र भरी, उपभोक्ताले टीँ गर्ने ध्वनीको आयतन मलिन वा चर्को तय गर्न सक्ने ।
- अब तपाइले control+shift+v कुञ्जी दबाएर डीँ ध्वनीलाई मलिन वा चर्कोमा साटोफेरो गर्न सक्नु हुन्छ ।
१.०विकास मा गरिएका परिवर्तनहरू
थप सुविधाहरू
२.०विकासमा गरिएका परिवर्तनहरू
थपिएका नयाँसुविधाहरु
- अब समृद्ध पोइडिटले बहुवचन युक्त सन्देसहरुलाई पनि पहिचान गर्ने छ ।
- अब बहुबचन सन्देसहरुमा:
- श्रोत सन्देसका एकबचन र बहुबचन पाठहरूलाई छुट्टा-छुट्टै रुपमा जान्न सकिन्छ ।
- बहुबचन भएमा; control+shift+r दबाउँदा एकवचन रुपको श्रोत पाठ र दुइ पटक दबाउँदा बहुवचन रुपको स्रोत पाठ भन्ने छ ।
- अनुवाद सन्देसका एकबचन र बहुबचन पाठहरूलाई छुट्टा-छुट्टै रुपमा जान्न सकिन्छ ।
- बहुबचन भएमा; control+shift+t दबाउँदा अनुवादको केन्द्रीत रुपको पाठ र दुइ पटक दबाउँदा यसको अर्को रुप बताउने छ ।
- अब बहुरुपी सन्देसहरूमा भएका गल्ति बताउँदा, control+shift+e ले कुन रुपमा गल्ति छ सो समेत बताउने छ ।
- टिप्पणी: नेत्रवाणी र यसका आधिकारिक थप-साधनमा कतै पनि बहुरुपी सन्देसहरू छैनन्! तर तपाइले wxwidgit, ओर्का, लिनोक्स, अथवा पोइडिट आफैंमा यस्ता बहुरुपी सन्देसहरू पाउनु हुनेछ ।
### सुधार ###
- नेत्रवाणीमा नेत्रवाणी+shift+end दबाउँदा सोही काम गर्ने भएकोले, स्थिति जनाउने कुञ्जीलाई हटाइयो ।
- कुनै कुनै सन्देसहरूमा अवास्तविक गल्ति देखाउने उडुसलाइ निमिट्यान्न पारियो ।
3.0विकासमा गरिएका परिवर्तनहरू
- उडुसलाई मारियो ।
- त्रुटी प्रतिवेदनमा विस्तृतिकरण गरियो ।
३.१ संस्करणमा गरिएका परिवर्तनहरू
- 'अनुवादकलाई जानकारी' सञ्झ्यालको पहुँच हिनता समाधान गरियो ।
- त्रुटी परिक्षणका आधारहरू थप गरियो ।
- लामो सुचीदृश्य सन्देसहरू लाई स्वतः कटौति गर्ने समस्या समाधान गरियो ।
- अब दुइ पटक दबाउँदा, बहुवचनिय सन्देस छैन भने सो को जानकारी दिनेछ ।
- त्रुटी जनाउन, नेत्रवाणीको गल्ति जनाउने द्वनीको सट्टा विसेष टीँ आवाज तय गरियो ।
- बहु रुप भएका सन्देसमा केन्द्रीत् हुँदा सो सूचीत गर्ने सुविधा थप गरियो ।